• Friday 16th of October 2026

यसरी ड्युटीकै क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको निधन


  • धनकुटा खबर
  • .

डोटी । इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा बेहोस भएका थिए ।

तर उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपाल घर भएका पाली बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएका थिए ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो। सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो ।

अस्पतालले पालीलाई आज विहान पौने ७ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖