• Friday 16th of October 2026

तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिएको छ ।

यस भागदौडमा अहिलेसम्म मर्नेको संख्या ६ पुगेको छ । मन्दिरको वैकुण्ठ द्वारको दर्शनका लागि टोकन वितरण गरिँदै गर्दा भागदौड मच्चिएको हो ।

यस घटनामा धेरै मानिसहरू घाइते भएको बताइएको छ । यस घटनाले आफूलाई स्तब्ध बनाएको अन्ध्र प्रदेशका मुख्यमन्त्री एन। चन्द्रबाबु नायडुले एक्समा एउटा पोस्टमा भनेका छन् ।

केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । जनवरी १० देखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनको लागि यतिबेला तिरुपतिमा भक्तजनको भीड छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖