• Friday 16th of October 2026

काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना


  • धनकुटा खबर
  • .

दोलखाको जिरीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। जिरीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका -६ स्थित ६ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

शुक्रबार करिब दिउँसो १ बजेतिर यात्रुवाहक बस सडकको साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। दुर्घटनामा कुनै मानवीय क्षति नभएको उनले बताए।

खड्काले भने, ‘दोलखाको जिरीबाट काठमाडौं आउँदै गरेको बा प ०१ – ००६ ख ४७१० नम्बरको बस करिब १ बजेतिर बस सडकको साइडमा पल्टिएको छ। त्यसमा कुनै मानवीय क्षति भने भएको छैन।

बसमा ब्रेक नलाग्दा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान गरिएको उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖