• Friday 16th of October 2026

लेनदेन विवादमा एक युवकको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । धादिङमा लेनदेन विवादमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङकै खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् । उनले सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप छ ।

नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भूमा उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो। कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖