• Friday 16th of October 2026

चन्द्रागिरिमा २८ वर्षीया महिलामाथि चक्कु प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौंको चन्द्रागिरिमा चक्कु प्रहार भएको छ।

दाङ घर भई चन्द्रागिरि-४ थानकोटमा बस्ने २८ वर्षीया महिलामाथि चक्कु प्रहार भएको हो।

चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थानकोट प्रहरी वृत्तले जानकारी दिएको छ।

चक्कु प्रहार गरेको आरोपमा राेल्पाका ३५ वर्षीय चन्द्रबहादुर खत्रीलाई थानकोटका डिएसपी सूर्यप्रकाश सुवेदीकै कमान्डमा पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖