काठमाडौँ । गायिका ज्योति मगरले लोकदोहोरी गीत प्रतिष्ठाकी अध्यक्ष रीता थापा मगरले ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी जनाएको विषयमा प्रश्न खडा गरेकी छन् ।
सामाजिक संजालमा एक पोष्ट गर्दै हिजोका दिनमा ‘काले के के बोल्यो मलाई बिस्ताराले पुल्यो’ गीतलाई संस्कृति भड्काउने गीत भन्दै उफ्रने लोक तथा दोहोरी गीत प्रतिष्ठान सक्सेस पार्टीमा केक काट्नुलाई तपाई के भन्नु हुन्छ ? भन्दै प्रश्न उठाएकी हुन् ।
बिहीबार ‘म त ढले ढले’ गीत युट्युबमा ५ करोड भिउज पुगेको उपलक्षमा निर्माण टिमले आयोजना गरेको सक्सेस पार्टीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर सहभागी भएकी थिइन् । उनले प्रतिष्ठानकी अध्यक्षलाई शो कल्ड आर्दवादी समेत भनेकी छन् ।
समाचार तयार गर्दासम्म उनको पोष्टलाई करिब २ हजारले लालक गरेका छन् । ५ सय जतिले कमेन्ट गरेका छन् । कमेन्टमा कतिपयले ज्योतिको कुरोमा समर्थन समेत जनाएका छन् ।
