• Friday 16th of October 2026

प्रधानमन्त्री ओलीले चिया पसल चलाउंदै आएका ताप्लेजुङका १९ वर्षीय युवा विनम राईलाई दिए शुभकामना


  • धनकुटा खबर
  • .

शुभ बिहानी !
आज बिहानै सामाजिक सञ्जालमा देखें- उनी ताप्लेजुङका १९ वर्षीय युवा विनम राई रहेछन्, जो चियापसल चलाउँदै आएका छन्।

उनको हँसिलो अनुहार र सरल व्यवहारले धेरैको मन जितेको रहेछ। दोकानका साहुजी अरु नै भए पनि साहुजी उनलाई नै दोकान जिम्मा लगाएर आफ्नो काममा गएका रहेछन् ।

त्यहाँ आउने मानिसहरुको साथ र उनीहरुले गरेको सहयोगको कारण भाइको बिदेश नगइ त्यहीँ चियापसल खोल्ने सपना रहेछ। लगनशीलताका साथ काम गरियो भने यहीं सफल भइन्छ ।

विदेशमा गर्नेजति काम यहीं गरे त्यहाँ हुनेजस्तो प्रगति यहीं नहुने कुरै छैन। अहिले यस्ता उद्यमी युवाहरुलाई सरकारले २५ लाख रुपैयाँ सम्मको स्टार्टअप कर्जा दिने गरेको छ । भाइलाई उज्वल भविष्यको शुभकामना !!

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖