• Tuesday 6th of October 2026

शनिवार पनि विद्यालय सञ्चालन


  • धनकुटा खबर
  • .

रुपन्देही । पश्चिम नवलपरासीको सुनवलमा शिक्षक आन्दोलनले रोकिएको पठनपाठनको शोधभर्नाबापत शनिवार विद्यालय सञ्चालन गरिएको छ ।

सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले शनिवार पठनपाठन सञ्चालन गरेर आन्दोलनमा गरेको प्रतिबद्धता पूरा गराउन थालेका छन् ।

शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयहरूमा दुई दिनसम्म कक्षा सञ्चालन हुन सकेको थिएन ।

सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले दुई दिन अवरुद्ध भएको पठनपाठन शनिवार १३ र २७ गते बिदाको दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले जानकारी दिए ।

आन्दोलन हुँदा अवरुद्ध भएको पठनपाठन विभिन्न विकल्पद्वारा उक्त समयमा रोकिएको पाठलाई निरन्तरता दिन शनिवार पनि विद्यालयहरू सञ्चालन हुँदा अभिभावकहरू समेत सकारात्मक देखिएका छन् ।

पहिलो शनिवार भएकाले विद्यार्थीहरूको उपस्थिति भने कम रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖