• Friday 16th of October 2026

गोली हानेर श्रीमतीको हत्या,भाग्दै गरेको अवस्थामा श्रीमान् जङ्गलबाट पक्राउ


  • धनकुटा खबर
  • .

डडेल्धुरा, माघ १। डडेल्धुराको अमरगढी नगरपालिका-३ पथरोडामा श्रीमतीलाई गोली हानेर फरार भएका श्रीमान् पक्राउ परेका छन्।

सोमबार बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेर फरार भएका अमरगढी नगरपालिका– ३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर पक्राउ परेका प्रहरीले जनाएको छ। डम्बरले घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका डम्बरले अस्मितालाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादक पदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए।

लगत्तै प्रहरीचौकी बागबजारका प्रहरी निरीक्षक चन्द्रसिंह धामीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको र थापामगरलाई घरदेखि करिब दुई सय मिटर टाढा जङ्गलमा भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए। हाल निजलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖