• Friday 16th of October 2026

महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा भइन बिरामी


  • धनकुटा खबर
  • .

प्रयागराज, १ माघ । आज महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको बिशेष महत्व रहेको छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार कल्पवास बिताउन विदेशबाट आएकी एप्पलका सह–संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सको स्वास्थ्य अचानक बिग्रिएको छ । यस्तो अवस्थामा उनी संगममा डुब्ने कि नडुब्ने भन्नेमा पछिल्ला केही घण्टादेखि गोप्य राखिएको छ । 

 

निरञ्जनी अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजले लरेनले संगममा स्नान गर्ने बताए । अस्वस्थ भए पनि उनी संगममा स्नान गर्नेछिन् । गिरी महाराजका अनुसार उनी अहिले आफ्नो शिविरमा आराम गरिरहेको बताए । ‘उनलाई एक किसिमको एलर्जी छ । यस्तो भीडभाड भएको ठाउँमा उनी यसअघि कहिल्यै गएकी थिइनन्, उनी निकै सरल स्वभावकी छिन्, रातको पुजामा उनी पनि हामीसँगै थिइन्, अब स्वास्थ्य बिस्तारै ठिक हुदैँछ ।’

 

लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिन्छिन कि लिदिनन भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन्  । ‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र संगममा डुब्न सकून् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।

 

उनका अनुसार हिन्दू परम्परा अलौकिक छ किनभने ती मानिसहरू पनि यसमा सामेल हुन चाहन्छन्, जसले यो परम्परालाई कहिल्यै देखेका, बुझेका वा थाहा पाएका छैनन्।

 

स्टिभ जब्सकी पत्नी लौरेन पावेल जब्सको हिन्दू धर्ममा गहिरो आस्था रहेको बताइन्छ । उनी निरञ्जनी अखाडाकी हुन् । महाकुम्भमा जम्मा १३ वटा अखाडाले भाग लिएका छन्, जसलाई ३ समुहमा विभाजन गरिएको छ । सन्यासी अखाडा, बैरागी अखाडा र उदासीन अखाडा। जुना अखाडा र निरञ्जनी अखाडा लगायत ७ वटा अखाडा सन्यासी समूहका अङ्गको रूपमा रहेका छन ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖