• Friday 16th of October 2026

पीएचडी नसकिँदै डाक्टर लेखेका प्रसाईंले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले राजीनामा दिएका छन् ।

पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएपछि उनी विवादमा तानिएका थिए ।

‘उहाँले राजीनामा दिनुभएको छ । त्रिविले छानबिन समिति बनाएर अनुसन्धान पनि गरिरहेको छ,’ त्रिविका एक अधिकारीले भने ।

पीएचडी पूरा नहुँदै नाममा डाक्टर थपेर उनले सह–परीक्षा नियन्त्रकका लागि आवेदन दिएका थिए । उनले मानविकी संकायबाट पीएचडी गरिरहेका छन् ।

भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् । थेसिसमा त्रुटि देखिएपछि सच्याउन उनलाई ६ महिनाको समय दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖