• Friday 16th of October 2026

ढुंगाले लागेर राधिकाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया किशोरीको निधन भएको छ।

थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो।

खन्ने क्रममा माथिबाट ठूलो ढुंगा खसेर उपाध्यायमाथि बजारिँदा उनको दिउँसो करिब १ बजेतिर घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए।

मृतक उपाध्यायका ४० दिनकी छोरी र अढाई वर्षको छोरा छन्। उनका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत छन्।-डिसी नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖