• Friday 16th of October 2026

दुई समूहबिच झडप : एक नेताको गोली हानी हत्या, २ जना गम्भीर


  • धनकुटा खबर
  • .

कोलकाता । पश्चिम बङ्गालको माल्दा जिल्लाको कालियाचकमा तृणमूल कांग्रेसका एक नेताको गोली हानी हत्या भएको छ भने पार्टीका दुई नेताहरू गोली लागेर गम्भीर घाइते भएका छन्।

यो घटना मंगलबार बिहानको हो । यस महिनाको सुरुमा माल्दामा तृणमूल कांग्रेसका पार्षद् दुलाल सरकारको हत्या भएको थियो। यस घटनामा तृणमूल कांग्रेसकै नेताहरू पक्राउ परेका छन्।

प्रहरी अधिकारीहरूले घटनामा तृणमूल कांग्रेसका दुई समूहबिच झडप भएको बताएका छन्। यस क्रममा दुवै समूहका मानिसहरू घाइते समेत भएका छन् ।

मृत्यु हुनेको पहिचान हसन शेख भनेर भएको छ भने घाइते हुनेमा बकुल शेख र इसारुद्दीन शेख छन् । मालदा जिल्ला प्रहरी मुख्यालयका एक अधिकारीले दुवै घाइतेको अवस्था गम्भीर रहेको बताए ।

प्रहरीले उक्त क्षेत्रमा रहेको सीसीटीभी फुटेजको जाँच गरिरहेको र आक्रमणकारीलाई छिट्टै पक्राउ गर्ने अधिकारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖