• Friday 16th of October 2026

१२ वटा मुद्दामा फरार महिला पक्राउ, करिब १ करोड बिगो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एक दर्जन मुद्दामा फरार महिलालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगन्ज घर भएकी सुधा बस्नेत छिन् ।

५७ वर्षीय बस्नेतलाई फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उच्च अदालत पाटनबाट बैकिङ्ग कसुरको १२ वटा मुद्दा फैसला भएपछि उनी फरार थिइन् ।

उनीविरुद्ध केश कुमार श्रेष्ठ समेतले जाहेरी दिएका थिए ।

उनीविरुद्ध ९० लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना असुल गर्नुपर्ने अदालतको फैसला छ । बस्नेतलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको एसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖