• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बस र बाइक ठोक्किँदा दुर्घटना, एक जना घाइते


  • धनकुटा खबर
  • .

त्रिशुलीबाट गल्छी जाँदै गरेको बसले बिच बाटोमा यात्रु ओराल्ने क्रममा पछाडिबाट आएको बाइक ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा बाइक चालक गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न बाइकको नम्बर बागमती प्रदेश ०२-०१५प ६९४६ र बसको नम्बर गा १ ख ४३२९ रहेको छ। घाइते बाइक चालकलाई उपचारार्थ त्रिशुली अस्पताल लगिएको छ।

दुर्घटनाको मुख्य कारण बसले बिच बाटोमै यात्रु ओराल्ने रहेको देखिएको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖