• Tuesday 6th of October 2026

‘चरित्र हत्या गर्ने कार्य भयो’ :बस्नेत दम्पत्ति


  • धनकुटा खबर
  • .

आफू र आफ्नै श्रीमतीका कारण बदनाम कमाएका अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत मुकुन्द बस्नेत र स्वयं उनकी श्रीमतीले घटनालाई मोड्ने प्रयास गरेका छन् ।

नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै अस्पतालमा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमती प्रतिमा कोइरालाले नै जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाहा पाएसँगै पछ्याएको र उनीहरूलाई जंगलमा भेटेपछिको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अस्पतालमा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोसाकमै रहेको र बस्नेतकी श्रीमती प्रतिमाले बस्नेतलाई गालीगलौज गर्दै लछारेको भिडियोमा देख्न सकिन्छ ।

सो घटनापछि शनिश्चरे अस्पताल व्यवस्थापन समितिको सिफारिसको आधारमा बस्नेतलाई शुक्रवारकै मितिदेखि स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट हटाएको नगरपालिकाले जनाएको छ । शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टीकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ ।

यसैगरी, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टीकरणका लागि ४८ घण्टाको समय दिने अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

जिम्मेवारीबाट हटाइएका बस्नेत र उनकी श्रीमती प्रतिमाले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी आफूहरुबीच असमझदारी हुँदा सामान्य विवाद भएको विषयलाई अतिरञ्जित गरी चरित्र हत्या गर्ने कार्य गरेको दाबी गरेका छन् । विज्ञप्तिमा भनिएको छ ,‘ मिति २०८० साल असोज ७ गते बेलुका ५ः३० बजेको समयमा काम विशेषले कार्यालयको सहकर्मीसँग दमक पुगेर फर्किने क्रममा चारपाने चोक पश्चिमपट्टि राजमार्गमा मेरी श्रीमती प्रतिमा कोइराला बस्नेतसँग असमझदारी हुँदा सामान्य विवाद भएको विषयलाई अतिरञ्जित गरी चरित्र हत्या गर्ने कार्य भएकोप्रति गम्भीर आपत्ति जनाउँछु । हामीले कुनै पनि अश्लील कार्य गरेको नभई राजमार्गमा उभिरहेको अवस्थामा विवाद भएको हो । कुनै पनि एकान्त ठाउँमा नभई सार्वजनिक स्थलमा गफगाफ गरिनु आपत्ति नहुने ब्यहोरा जानकारी गराउँछु ।’

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारलाई जोडेर गरिएको नकारात्मक प्रचारप्रति बस्नेत दम्पतीले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖