• Monday 5th of October 2026

अभिनाशलाई एकै ओभरमा तीन विकेट


  • धनकुटा खबर
  • .

हाङ्गचौं – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे ।

अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । माल्दिभ्सका बदिउ इस्माइल नजावानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖