• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सुहागरातमा यसरी अमानवीय तरिकाले दुलहीको भर्जिनिटी टेस्ट, ससुरालवालामाथि मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । सोच्नपनि नसक्ने अपराध भइरहेका हुन्छन् । यदाकदा प्रहरी र अदालत पुग्छन् र मात्र खुल्छन् । बाणगंगा क्षेत्रमा एक युवतीले साहस गरेपछि कुप्रथा बाहिर आएको छ ।

विरोधमा अदालतको सहारा लिएपछि बल्ल यहाँ यो कुप्रथा कायमै रहेछ भन्ने खुल्न आयो । यहाँ विवाहको पहिलो रात भर्जिनिटी चेक हुने रहेछ । त्योपनि ससुरालवालाहरुले नव दुलही भर्जिनिटी चेक गर्नका लागि गलत तरिका प्रयोग गर्दा रहेछन् । जतिबेला मानसिक र शारीरिक यातना हुने रहेछ ।

यो मुद्दा इन्दौर जिल्ला अदालतमा पुग्दा अदालतले संज्ञान लिई ससुरालवालामाथि मुद्दा दर्ता गर्न आदेश दिएको छ। यस घटनाले समाजमा फैलिएका कुरीतिहरूको बारेमा गम्भीर प्रश्न उठाएका छन्। पीडिताको विवाह डिसेम्बरमा भोपालका एक युवकसँग भएको थियो। विवाहपछि उसलाई गर्भपात र मृत शिशु जन्म दिने जस्ता समस्याहरूको सामना गर्नुपरेको थियो। वर्तमानमा पीडिताको एक छोरी छन् ।

महिला र बाल विकास विभागको अनुसन्धानपछि यो खुलासा भएको छ कि विवाहको पहिलो रात ससुरालवालाले भर्जिनिटी चेक गर्नका लागि अमानवीय तरिकाहरू अपनाएका थिए। कोर्टले गम्भीर मुद्दा मान्दै कार्यवाही सुरु गरेको छ। पीडित र घटना बृत्तान्त गोप्य राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖