• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

१५० किला तौलकी आमाले थिचिरहदाँ १० बर्षको छोराको मृत्यु, ६ बर्ष जेल


  • धनकुटा खबर
  • .

न्युयोर्क, ९ माघ । अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाइ थिच्दा ती बालकको मृत्यु भएको छ ।

 

यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ ।

 

उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथी बसेकी थिइन्, जसको परिणामस्वरूप ती बालकको मृत्यु भयो। बच्चा बदमास थियो र उसलाई शान्त पार्नका लागि जेनिफर ती बालकको पेटमा जम्मा जम्मी ५ मिनेटसम्म पल्टिएकी थिइन्। सो भारी सहन नसकेर १० बर्षको छोराको मृत्यु भयो ।

केटाकेटीहरु घरमा खेल्छन् र झगडा गर्नु स्वाभाविक भए पनि ती महिलाको १० वर्षको छोरा (स्टिभेन्ससँग नमज्जाले रिसाइन । त्यसपछि उनलाइ च्याप्प समातेर उनको शरिरमाथी चढेकी थिइन् । उनले हालै सो लापरवाहीका कारण बालकको अनाहकमा ज्यान गएको स्विकार गरेकी छिन् । सो घटनामा जेनिफर ली विल्सनलाई राज्य सुधार गृहमा राख्ने गरी ६ वर्षको जेल सजाय सुनाइएको छ ।

 

समाचार अनुसार जेनिफरले पुलिसलाई भनिन्, ‘स्टीभन्स भुइँमा सुते र त्यसपछि म उनको पेटमा सुते ।’ उनले अगाडी भनिन, ‘उनी माथि म करिब ५ मिनेट सम्म बसेको थिएँ होला, त्यसपछि बच्चा हिँड्न छाड्यो, उसले झूट बोलिरहेको महसुस भयो, तर बच्चा मरणासन्न भइसकेको थियो ।’ जेनिफरका अनुसार उनको उद्देश्य केवल आफ्नो छोरालाई सम्हाल्ने मात्रै थियो। 

 

सो घटना पछि जब स्थानिय प्रहरीविल्सनको घर पुग्यो, बच्चाको सास फेरिरहेको थिएन। यससँगै उनले स्टिभेन्सको घाँटी र छातीको तल्लो भागमा चोटको निशान पनि देखेका थिए । यसपछि स्टिभन्सलाई तुरुन्तै अस्पताल लगियो, जहाँ दुई दिनपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए। 

 

पोस्टमार्टम पछि मृतक स्टीभेन्स ४ फिट १० इन्च अग्लो र उनको तौल ४० केजी मात्र थियो भने भने आमाको जेनिफरको उचाइ ४ फिट ११ इन्च र तौल १५४ किलो थियो । अधिक भार थाम्न नसकेर ती बालकको मृत्यु हुन पुगेको अदालतमा प्रहरीले बताएको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖