• Friday 16th of October 2026

तनहुँको बन्दीपुर डुम्रेबजारको एक पक्की घरमा आगलागी


  • धनकुटा खबर
  • .

तनहुँको बन्दीपुर गाउँपालिका-१, डुम्रेबजारको एक पक्की घरमा आगलागी भएको छ।

बुधबार बिहान करिब ११:४० बजे स्थानीय केशव अधिकारीको घरको पाँचौं तलाबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार आगलागीबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय आबुखैरेनी, इलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रेबाट ३६ जना प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

आगो १२:२० बजे नियन्त्रणमा आएको उनले जनाए। आगलागीका कारण अन्दाजी ५० मुरी धान, पुराना काठपात, झ्याल, ढोका र टिनको छाना पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖