• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

अभियन्ता आशिका तामाङलाई अझै थुन्ने, थपियो म्याद


  • धनकुटा खबर
  • .

काठमाडौं । अभियन्ता आशिका तामाङलाई अभद्र व्यवहार सम्बन्धी अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

माघ २ मा पक्राउ परेकी तामाङमाथि गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ।

पशुपति क्षेत्र विकास कोषले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको छ।

तामाङले प्रहरीसँग विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पशुपति क्षेत्र विकास कोषलाईपनि गाली गलौज गरेको भिडियोमा देखिएकाले कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖