• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बुवा सगै तीन छोरीनै शिक्षक


  • धनकुटा खबर
  • .

तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा न. ६ सुदापमा बुवा गोविन्द बहादुर कटुवाल सहित तीन जना छोरी पनि शिक्षक पेशामा रमाइरहेका छन् ।

बुवा शिक्षक भएका कारण बुवाबाटै प्रभावित भएर आफूहरू तीनैजना शिक्षक बनेका बताउँछन् ।

जेठी छोरी रचना कटुवालले नेपालीबाट, माइली छोरी लक्ष्मी कटुवालले गणितबाट र कान्छी छोरी इन्दिरा कटुवालले अङ्ग्रेजीबाट स्नातकोत्तर हुन् ।

शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर तीनै जना छोरी छथर गाउँपालिका अन्तर्गत रहेका विद्यालयमा स्थायी शिक्षक बनेर शिक्षण गरिरहेका छन् । – शिक्षाबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖