काठमाडौं । सिरहामा एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।
आठ दिनदेखि बेपत्ता सिरहाको कर्जन्हा नगरपालिका-७ मरेवाकी ६५ वर्षीया देवी यादवको शव बेतहास्थित खलिल राइनको पोखरीमा फेला परेको हो ।
प्रहरीका अनुसार माघ २ गतेदेखि हराएकी उनको शव खोज तलासको क्रममा बिहीबार पोखरीमा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
