• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

१२ वर्षका बालकले गरे घाँटी रेटेर तीन वर्षीया बालिकाको हत्या


  • धनकुटा खबर
  • .

जाजरकोट । जाजरकोटको बारेकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो ।

बारेकोट गाँउपालिका-६ टाँसीका १२ वर्षीय बालकले ती बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो ।

आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖