• Tuesday 3rd of November 2026

माधव नेपालको अभिव्यक्तिका कारण प्रचण्डलाई तनाव


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डलाई तनाव हुने अभिव्यक्ति दिएका छन्।

प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने अभिव्यक्ति दिँदै हिडेका बेला प्रतिपक्ष दलकै अर्का नेता माधव नेपालले सरकार नढल्ने अभिव्यक्ति दिएपछि प्रचण्डलाई तनाव हुने भएको हो।

भक्तपुरको कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले बुधबार आयोजना गरेको आईएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । उनले भने, “सरकारको आयु सांसदको संख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖