• Tuesday 6th of October 2026

समीक्षाको पक्ष लिँदा प्रकाश सुवेदीमाथि खनिइन् ज्योति


  • धनकुटा खबर
  • .

गायिका ज्योति मगर आफ्ना विवादास्पद बयानका कारण बेला–बेला चर्चामा आउने गरेकी छिन्। यस्तै एक अर्को बयान उनले शुक्रबार दिएकी छन्।

ज्योतिले यसपटक सञ्चारकर्मी प्रकाश सुवेदीलाई लक्षित गर्दै फेसबुकमा एक लामै स्टाटस लेखेकी छन्। जसले अहिले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। उनले सुवेदीमाथि आफ्नो बारेमा सधैं नकारात्मक टिप्पणी गरेको आरोप लगाएकी छिन्।

‘आफ्नो फेरि पोज हान्ने कलाकारहरूलाई र खोक्रो आदर्श बोक्ने व्यक्तिलाई ऐना देखाइदिने बानी छ,’ ज्योतिले लेखेकी छन्,‘प्रकाश सुवेदी दाइले फेरि जहिले मलाई यो के बोल्या? यो के गर्‍या ? यो के लेख्या? यो भाषा सुहाएन, यस्तो पनि गर्ने हो? ध्यान दिनु पर्दैन? भनेर जहिले नकारात्मक टिप्पणी नै गर्नुहुन्छ।’

ज्योतिले आफू ‘रोल्पा जिल्लाको डाँडापाखाको पाखे हो दाइ’ भन्दै अगाडि लेखेकी छन्, ‘ज्योति मगर गलत नै हो, भन्ने सोच भएका पाखण्डी पाखेहरूलाई म कुन भाषामा गाली गरौँ दाइ?’

पत्रकारले चेपेको कलाकार भन्दा पत्रकारले खेदेको र हेपेको कलाकार नै दरो हुने कुरा सत्य भएको उनले लेखेकी छन्। ‘अँ त संस्कृतमा एउटा भनाइ छ नि सरी नेपाली मै एउटा भनाइ छ नि कुकुरहरू झुन्डमा आउँछन शेर एक्लै आउँछ,’ ज्योतिले अगाडि लेखेकी टन्। उनले आफू एक्लो र बेग्लै रहेको पनि भनेकी छन्।

हालै सार्वजनिक एक टेलिभिजन कार्यक्रममा सञ्चारकर्मी सुवेदीले ज्योतिलाई सामाजिक सञ्जालमा लेख्दा विचार पु¥याउनुपर्ने सुझाव दिएका थिए। सुवेदीले गायिका समीक्षा अधिकारीमाथि ज्योतिले गरेको टिप्पणीको प्रसङ्ग जोडेर आलोचना गरेका थिए।

‘कुरा गायिका ज्योति मगरको हो। त्यस्तो त मैले ज्योति मगरका कथा ब्यथा मैले सुनेको छु। उनी पनि धेरै संघर्ष गर्दै यहाँसम्म आइपुगेकी हुन्। अहिले पनि उनको जीवनमा संघर्ष नै होला,’ सुवेदीले भनेका थिए,‘तर ज्योति मगर भनेको एक बरिष्ठ गायिका हुन्। एउटी बरिष्ठ गायिका अर्की कनिष्ठ (समीक्षा) गायिकालाई हात समाउँदै माथि तान्नुपर्ने बेलामा आफैं तल झरेर निकृष्ट र निम्छरो शब्दहरु प्रयोग गर्दै जसरी गाली गरेकी छिन्, त्यो ज्योति मगरलाई पटक्कै सुहाउने कुरै होइन्।’

सुवेदीले अगाडि ज्योतिलाई झन् ब्यंग्यात्मक भाषामा केही सुनाएका थिए। ‘हो गायिका समीक्षा अधिकारी स्टेज भाँच्नेगरी नाच्न सक्दिनन् होली। तर उनको स्वरमा एक प्रकारको जादू छ। स्वरको मात्रै कुरा गर्ने हो भने समीक्षाको कद धेरै उच्च छ,’ सुवेदीले अगाडि भनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖