• Friday 16th of October 2026

राइसकुकर काण्डमा नयाँ ट्विस्ट : पक्राउ परेकी युवती विवाहित, श्रीमान विदेशमा!


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनकी अस्मिता आचार्य ‘हनीट्रयाप’ आरोपमा पक्राउ परेकी छिन्। उनले ५० वर्षीय पुरुषलाई जालमा पारेर १० लाख असुल्न खोजेको आरोप लागेको छ।

चार महिनाअघि कुलेश्वरस्थित एक इलेक्ट्रोनिक्स पसलमा पुगेर उनले राइसकुकर मर्मत गराइन्। पसल सञ्चालकसँग सम्पर्क बढाउँदै सापटी मागिन्। सानो रकम लिएर दुई लाख रुपैयाँसम्मको माग गरिन्। जब पसल सञ्चालकले अस्वीकार गरे, उनले ठमेलमा खाजा खान बोलाइन्।

त्यसपछि उनले सिनामंगलको एक होटलमा जान प्रस्ताव गरिन्। होटल पुगेपछि ‘पैसा नदिए बलात्कार मुद्दामा फसाउँछु’ भन्दै धम्की दिइन्। चार दिनपछि उनले पीडितको छोरालाई फेसबुकमा सन्देश पठाइन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरे।’ आत्तिएको परिवारले १० लाख दिन सहमति जनायो, ३ लाखको चेक दियो।

तर, प्रहरी घटनाको जानकारी पाएपछि अस्मितालाई चेक लिइरहेको अवस्थामा पक्राउ गर्यो। उनले प्रहरीलाई भनेकी छिन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ। म पनि जाने तयारीमा थिएँ, पैसाको खाँचो थियो।’ प्रहरीले उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖