• Monday 5th of October 2026

ब्याडमिन्टनमा नेपालका नम्बर एक प्रिन्स दाहाल पहिलो चरणबाटै बाहिरिए


  • धनकुटा खबर
  • .

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत ब्याटमिन्टनको पुरुष एकलमा नेपालका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।

नेपालका नम्बर एक प्रिन्स दाहालसहित सुनिल जोशी अन्तिम ६४ बाटै बाहिरिए। दाहाल जापानी खेलाडी र जोशी थाई खेलाडीसँग सोझो सेटमा पराजित भए। दाहाल कुनै समय जुनियर विश्व वरियतामा पहिलो नम्बर बनेका थिए।

मिक्स डबल्समा नेपालका विष्णु कटवाल नंशल तामाङको जोडी प्रिक्वाटरफाइनल पुगेको छ। यो जोडीले मंगोलियन प्रतिद्वन्द्वीलाई सोझो सेटमा हरायो।

मेन्स डबल्समा सुनिल जोशी र प्रिन्स दाहालको जोडी अन्तिम ३२ बाटै बाहिरिएको छ। विष्णु कटवला र जिवन आचार्यको जोडीले मालदिभ्सको जोडीलाई सोझो सेटमा हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖