• Monday 5th of October 2026

जसले ऐतिहासिक जितपछि हजुरआमा बितेको थाहा पाइन्


  • धनकुटा खबर
  • .

सोमबार चीनको हाङजाउस्थित जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ भएको महिला कबड्डीमा नेपालले ऐतिहासिक जित निकाल्यो।
एसियाली खेलकुदको आफ्नो डेब्यू खेलमा नेपाली महिला कबड्डी टिमले जित निकाल्दा पदक लगभग पक्का जस्तै बन्यो। समूह ‘बी’ मा अब इरानले बंगलादेशलाई पराजित गरे नेपालको सेमिफाइनलसँगै पदक पक्का हुनेछ।

खेलपछि नेपाली टिमको खुसीको सीमा थिएन। नेपाली टिमले दोस्रो हाफको ३० सेकेन्ड समय बाँकी रहँदै खुसी मनाउन थालेको थियो। खेलपछि नेपाली टिमले नारा लगाउँदै कोर्टको परिक्रमा नै गरेको थियो।
जब नेपाली टिम कोर्ट बाहिर आयो, एउटा दु:खद खबर थाहा सुन्नुपर्‍यो।
नेपाली टिमकी खेलाडी सुनीता थापाले आफ्नो हजुरआमाको निधन भएको थाहा पाइन्।

‘आज म खुसीसँगै दु:खी पनि छु, मैले हजुरआमा गुमाउनुपरेको छ। तर देशका लागि मेडल ल्याउँदैछौं,’ बोल्दै गर्दै थापा भक्कानिइन्।

नेपाली टिमका अरू खेलाडीका आँखा पनि रसाए।

खेलअघि उनले आफ्ना बुबालाई फोन गरेकी गर्दै बंगलादेशविरूद्धको ऐतिहासिक खेलबारे भनेकी थिइन्। बुबाले मोबाइल स्विचअफ गर्नु भनेका थिए। छोरीले मोबाइल हेरेर हजुरआमा बितेको थाहा पाउछिन् भनेर उनले अफ गर्न भनेका रहेछन्।

‘गेमपछि मोबाइल अन गरेर हेर्दा हजुरआमा बितिसक्नु भएको फोटो हेरेर थाहा पाएँ’ उनले भनिन्।

सुनिताकी हजुरआमाको कञ्चनपुरको महेन्द्रनगरमा सोमबार बिहान निधन भएको हो।

‘उहाँलाई अन्तिम पटक देख्न पाइनँ, दु:ख लागेको छ,’ उनले भनिन्।
महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ’ए’मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।
एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता छ। जसमा नेपालले तीन टिम रहेको समूहमा पर्दा नेपालले एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ।

नेपालको समूहको इरान बलियो टिम हो। अब नेपालले इरानसँग भोलि खेल्नेछ। सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ। त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नु पर्नेछ। बंगलादेश पराजित भए नेपाल सेमिफाइनल पुग्नेछ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था छ। यसर्थ नेपालका लागि अब कबड्डीबाट कम्तिमा कास्य पदक जित्ने अवसर छ।

नेपालले कबड्डीबाट एसियाली खेलकुदमा पदक जिते त्यो टिsम खेलबाट दोस्रो पदक हुनेछ। यसअघि सन् २०१८ को इन्डोनेसियाको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको टिम इभेन्ट्सबाट रजत जितेको थियो।

एसियाली खेलकुदमा नेपाली महिला टिम तथा कबड्डीबाट भने पहिलो पदक हुँदै इतिहास बन्नेछ।

नेपाली टिम : मेनुका कुमारी राजवंशी (कप्तान), मनमति विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु, कलावती पन्त
-सीताराम कोइराला/सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖