• Sunday 1st of November 2026

यसकारण सुनुवाइ भएन माधव र बाबुरामविरुद्धको मुद्दाको फैसला


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको भ्रष्टाचार र लिखतसम्बन्धी मुद्दाको बिहीबार पेशी तोकिए पनि सुनुवाइ नै भएन ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर जिल्लाबाट मिसिलहरू आइनपुगेकाले सुनुवाइ हुन नसकेको निवेदक बालकृष्ण न्यौपानेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा उनीहरु विरुद्ध रिट दायर गरेका हुन् । निवेदकले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖