• Sunday 1st of November 2026

झलनाथको भविष्यवाणीः २०८४ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ


  • धनकुटा खबर
  • .

काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले राम्रो तयारी गरिरहेको र ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनसक्ने बताएका हुन् ।

‘०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले। राम्रो तयारीमा छ। ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु,’– नेता खनालले भने ।

नेता खनालले नेकपा (एमाले) भने दुर्घटनामा पर्ने पनि दाबी गरे । एमालेले अहिले ०८४ मा एक्लै बहुमत ल्याउँछु भनेर हिँडिरहेको बताउँदै उनले भने, ‘म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ। एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन, त्यो दुर्घटनामा पर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖