• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं विश्वविद्यालयकी आवासीय चिकित्सकले गरिन् आत्महत्या प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का एक विद्यार्थीले आत्महत्याको प्रयास गरेपछि यस घटनाबारे छानबिन सुरु गरिएको छ। घटनामा आत्महत्याको प्रयास गर्ने विद्यार्थी एक आवासीय चिकित्सक रहेकी छन्, जसले ४ फागुनमा औषधिको ओभरडोज सेवन गरेकी थिइन्। उनलाई धुलिखेल अस्पतालमा उपचार दिइएको थियो र स्वास्थ्य अवस्थामा सुधार आएपछि आईसीयूबाट वार्डमा सारेर बिहीबार डिस्चार्ज गरिएको छ।

सामाजिक सञ्जालमा मनोचिकित्सा विभागका प्राध्यापकको यातनाका बारेमा चर्चा उठेको भए पनि यसबारे हालसम्म पुष्टि भएका तथ्य छैनन्। विद्यार्थीले आफू ठीक रहेको र कसैलाई आरोप लगाउनुको उद्देश्य नरहेको बताएका छन्। त्यसैको आधारमा डीन डा. मनोज हुमागाईंले विभागका प्राध्यापकलाई विद्यार्थीको भावना बुझेर पढाउने निर्देशन दिएका छन्।

काठमाडौँ विश्वविद्यालयका फ्याकल्टी काउन्सिल र नेपाल मेडिकल काउन्सिलले पनि घटनाको छानबिन प्रक्रिया थालिसकेका छन्। काउन्सिलका अध्यक्ष प्राडा सुवीन्द्र कार्की र सदस्य डा. कालुराम सिंह खत्रीले घटनाबारे अनुसन्धान गरिरहेका छन्। त्रिवि रेजिडेन्ट डाक्टर एसोसियसनले पनि घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖