• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भक्तपुरमा ३ मोटरसाइकल ठोकिए, १ जनाको मृत्यु, २ घाइते


  • धनकुटा खबर
  • .

भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका-४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा सूर्यविनायक नगरपालिका-९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका-११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖