• Monday 5th of October 2026

इतिहादसँग हार्यो अल हिलाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल इतिहादले अल हिलालमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल इत्तिहादले अल हिलाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल इतिहादको जितमा स्टेभेन बेर्गविजले २ गोल गरेका थिए भने करिम बेन्जमा र हसन काडेशले एक एक गोल गरेका थिए । त्यसैगरी अल हिलालका लागि एक गोल मार्कोस लीयोनार्दोले गरेका थिए ।

यो जितपछि शिर्ष स्थानमा रहेको अल इतिहादले आफ्नो अग्रता बढाएको छ । २१ खेलमा ५५ अंक रहेको इतिहाद अल हिलालभन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ । अल हिलालको २१ खेलमा ४८ अंक रहेको छ ।

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖