• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

८४ करोड नेपाली मूल्य पर्ने सुनको शौचालय चोरी


  • धनकुटा खबर
  • .

एजेन्सी । इङ्गल्याण्डको ब्लेनहाइम दरबारबाट सन् २०१९ मा ४८ लाख पाउण्ड ९८४ करोड नेपाली रुपैयाँ० मूल्यको सुनको शौचालय चोरी भएको थियो ।

अदालतमा सुनुवाइको क्रममा यो चोरी केवल पाँच मिनेटमा भएको खुलेको छ । सेप्टेम्बर २०१९ मा अक्सफोर्डशायरको भव्य घरमा कला प्रदर्शनीको भागको रूपमा शौचालय जडान गरिएको थियो र पूर्ण रूपमा सञ्चालनमा थियो । तर, अक्सफोर्डका ३९ वर्षीय माइकल जोन्सले चोरीको आरोप अस्वीकार गरेका छन् ।

विन्डसरका ३६ वर्षीय फ्रेड डो र पश्चिम लन्डनकी ४१ वर्षीया बोरा गुकुकले आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्रको आरोप अस्वीकार गरेका छन् । मुद्दाको सुनुवाइ अक्सफोर्ड क्राउन कोर्टमा भएको थियो, जहाँ शौचालय सम्भवतः बिग्रिएको र कहिल्यै मर्मत नगरिएको खुलासा भयो ।

अभियोजक जुलियन क्रिस्टोफर केसीले सेप्टेम्बर १४, २०१९ को बिहान दुईवटा गाडीमा पाँच जनाको गिरोह ब्लेनहाइम दरबारमा प्रवेश गरेको थियो । उनीहरु चोरीपछि केही समय बेपत्ता भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖