काठमाडौं : सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु रहेर ६.१ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रवार बिहान २:५१ बजे सिन्धुपाल्चोक आसपासका जिल्लामा भूकम्पको ठुलो धक्का महशुस भएको थियो ।
भूकम्पको क्षति बारे थप विवरण आउन बाँकी छ ।
