• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सीसीटीभीबाट पत्ता लाग्यो बसभित्र युवती बलात्कार गर्ने युवक


  • धनकुटा खबर
  • .

भारतीय प्रान्त महाराष्ट्रको पुणेमा बसभित्र युवतीलाई बलात्कार गरिएको घटनाका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

गत मंगलबार पुणेस्थित बसपार्कमा बस कुरिरहेकी २६ वर्षीया युवतीलाई एक व्यक्तिले बसभित्र लगी बलात्कार गरेका थिए।

सो घटना अनुसन्धानका क्रममा पुणे प्रहरीले बिहीबार राति दत्तात्रेय रामदास गडेलाई शिरुर तहसिलको एक गाउँबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पीडित युवती मंगलबार पुणेबाट सतारा जिल्लाको फलटन जान बस खोज्दै थिइन्।

बिहान करिब ५:४५ बजे उनी स्वारगेट बसपार्कमा बसको प्रतीक्षामा थिइन्।

त्यही बेला गडेले उनलाई मीठा कुरा गर्दै युवतीलाई विश्वासमा पारे र ‘फलटन जाने बस यहाँ होइन, अर्कै ठाउँमा पाइन्छ’ भनेर डिपोभित्रको एउटा खाली बसमा लगी बलात्कार गरे।

त्यसपछि फरार उनलाई खोज्न पुणे प्रहरीले १३ टोली खटाएको थियो।

राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरका अनुसार अभियुक्तको पहिचान सीसीटीभी फुटेजबाट गरिएको हो।

पुणेमा काम गर्ने पीडित युवतीले साथीको सल्लाहमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖