धना जंगलका्े बीचमा ब्रिटिस लाउरेनीको फार्म छ ।
त्यहा पुग्ने जो कोहीले पनि ब्रिटिसको सुख छोडेर यहाँ बसेको होला जस्तो लाग्छ । पोखरा नजिकै झिझिर्का भन्ने ठाउँमा ब्रिटिस लाउरेनी मिना गुरुङको माया इको भिलेज छ ।
जंगलको बीचमा रहेको यो फार्ममा उनले धेरै प्रकारका कृषि गरेकी छन् । बिदेशमा राम्रो अनुभव बटुलेर उनी नेपालमै केही गर्ने उदेश्यकासाथ आएकी थिईन ।
हाल उनीले आफ्नै इको भिलेज मार्फत कृषि उत्पादन मात्र होईन तालिम समेत प्रदान गर्दै आएकी छन् ।
