• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

महावीर पुनलाई सुनको गहना उपहार


  • धनकुटा खबर
  • .

बैज्ञानिक महावीर पुन लेख्छन्, सुनको गहना उपहार – आज भेडेटारबाट धरान झर्दै गर्दा, बजारभन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदै मेरो सामु आइपुगिन् र तलको फोटोमा देखाइएको सुनको गहना दिईन्। मैले लिन चाहिन, तर उनले भनिन्, “यो बीरगञ्जको कृषि औजार कारखानामा सहयोग हो दाजु, र यो मेरो आफ्नै गहना हो,” त्यसपछि मैले गहना लिने निर्णय गरे।

मैले उनको घर हेरें, जुन टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न चाहिनन् र नाम पनि उल्लेख नगर्न भने। उनी ३५ वर्षका जति देखिन्थिन् र थर राई थियो।

धरान बजारमा आएर मैले गहना सुन पसलमा जोख्न लगाएँ। त्यो गहना ६ आनाको थियो र यसको मूल्य लगभग ६२ हजार रुपैयाँ पर्छ। ती बहिनीले बीरगञ्ज कृषि औजार कारखानाका थुप्रै भिडियो युट्युबमा हेरेको बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖