• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दुर्घटनामा परि सभामुख भण्डारीका अंगरक्षक बोहोराको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं – सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ ।

पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो ।

बझाङको मस्टा गाउँपालिका–७ घर भएका ३४ वर्षीय बोहरा लामो समयदेखि सभामुखका अंगरक्षक थिए ।

उनी सवार स्कुटर सोमबार धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा दुर्घटना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖