• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बलात्कारबाट अविवाहित युवतीले जन्माईन छोरा, ३ महिनापछि ६३ वर्षीय वृद्ध पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । अर्घाखाँचीमा बलात्कारबाट शिशुको जन्म भएको तीन महिनापछि एक वृद्ध पक्राउ परेका छन् ।

अपांगता भएकी युवतीबाट शिशुको जन्म भएको तीन महिनापछि ६३ वर्षीय वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका १२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल छन् । बस्यालले गाउँकै बोल्न नसक्ने २६ वर्षीया एक युवतीलाई एक वर्षअघि नै बलात्कार गरेको उजुरी परेको थियो । ‘आफूविरुद्ध उजुरी परेपछि उनी फरार थिए,’ डीएसपी मल्लले भने, ‘बलात्कारबाट शिशुको जन्म भएको तीन महिनापछि आरोपी बस्याललाई सन्धिखर्क नगरपालिका १ बाट हामीले नियन्त्रणमा लिएका हौँ ।’

बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी मल्लले बताए। ‘क’ वर्गकी अपांगता भएकी ती युवतीले तीन मनिाअघि नै शिशु छोरालाई जन्म दिएकी छन्,’ डीएसपी मल्लले भने, ‘युवती बलात्कारमा परेको उजुरीपछि बस्याल फरार थिए ।’ स्थानीयका अनुसार बस्यालले ती युवतीलाई आफ्नो घरमा घरायसी काम लगाउँथे। घरमा कोही नभएको मौका पारेर उनले युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖