• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

फाँसी दिनुअघि शहजादीको फोन: मालिकको छोरो बिरामी परेर मर्‍यो, मलाई हत्याको आरोप लगाइयो


  • धनकुटा खबर
  • .

‘मेरी छोरी शहजादीले अबुधाबी जेलबाट दुई-तीन महिनामा एकपटक मलाई फोन गर्थिन्। उनको अन्तिम फोन १४ फेब्रुअरीमा आएको थियो। त्यो दिन उनले रुँदै आफू निर्दोष भएको बताउँदै थिइन्। उनले भनेकी थिइन्- बुवा, म निर्दोष छु। मेरो मालिकका छोरा बिरामी परेर मर्‍यो र मलाई हत्याको आरोप लगाइएको छ। मेरो कुरा कसैले सुनेनन् र अदालतले मृत्युदण्डको सजाय सुनायो। अब मलाई जुनसुकै बेला झुण्ड्याउन सक्छन्।’

यो सुनेर ७० वर्षीय शब्बिर अहमदले आँसु थाम्न सकेनन्।

भारतको उत्तरप्रदेशस्थित माटौँध थानाक्षेत्रको गोयारा मुगली गाउँ निवासी शब्बिर अहमदले बताएअनुसार उनकी छोरी शहजादी ३३ वर्षकी थिइन्। उनलाई बाल्यकालदेखि नै दुर्भाग्यले पछ्याइरहेको जस्तो लाग्थ्यो। किनभने सानैमा उनी एउटा दुर्घटनामा परेर जलिन्।

उनले भने, ‘हामीले उनलाई राम्रो उपचार गराउन सकेनौँ। त्यसैले उनको रूप बिग्रियो। उनले आफ्नो कुरूपतासँग बाँच्न सिकेकी थिइन् तर उनको भाग्यले विदेशी भूमिमा पीडादायी मृत्यु लेखेको रहेछ।’

शब्बिर अगाडि भन्छन्, ‘कोरोनापछि आग्राको एक केटा शहजादीको सम्पर्कमा आयो। उसले शहजादीको उपचार अबुधाबीमा गराउने र त्यहाँ अनुहारमा रहेको पोलेको दाग हट्ने बताए। यस्तो झुटो बोलेर २०२२ डिसेम्बर २२ मा उनले शहजादीलाई अबुधाबीमा आफ्नी बहिनीसँग पठायो। त्यहाँ पति-पत्नीले शहजादीका लागि घरेलु कामदारको भिसा बनाएर उनलाई बन्धक बनाए। २०२३ फेब्रुअरीमा दम्पतीका ४ महिने छोराको बिरामी परेर मृत्यु भयो। तर शहजादीलाई बच्चाको हत्या गरेको आरोप लगाइयो। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। उनलाई जेलमा राखियो। जहाँबाट उनलाई दुई-तीन महिनामा एकपटक घर फोन गर्न अनुमति दिइएको थियो। उनले फोन गर्दै आफू निर्दोष भएको बताउँथिन्। उनले आफ्नी आमालाई भनेकी थिइन्- आमा, म त्यो बच्चालाई धेरै मायाले हेरचाह गर्थें। उसलाई मात्र होइन, म कसैलाई पनि मार्ने सोच्न पनि सक्दिनँ। रोग लागेर बच्चा बित्यो। म धेरै दु:खी थिएँ तर बच्चाका आमाबाबुले मलाई हत्यारा ठाने र मविरुद्ध मुद्दा दायर गरे। अब सायद म तपाईंहरूलाई कहिल्यै भेट्न पाउँदिनँ।’

शब्बिरका अनुसार फेब्रुअरी १४ राति अल-बटवा जेलबाट छोरीको फोन आएको थियो। १० मिनेट कुरा भयो। छोरी रोइरहेकी थिइन् र भनिरहेकी थिइन्- बुबा यो अन्तिम फोन हो। हामी अब फेरि कहिल्यै कुरा गर्ने छैनौँ।

शब्बिरका अनुसार, त्यो रात उनकी छोरीले आफूलाई जेलको छुट्टै कोठामा राखिएको बताएकी थिइन्। फेब्रुअरी २० मा भारतीय विदेश मन्त्रालयसँग मद्दत मागे। तर कुनै जवाफ आएन।

शब्बिर भन्छन्, ‘दिल्ली उच्च अदालतको ढोका ढकढक्याएँ। सोमबारको सुनुवाइका क्रममा विदेश मन्त्रालयले शहजादीलाई फेब्रुअरी १५ मा नै फाँसी दिइएको जानकारी दियो। अब अन्त्येष्टि बुधबार गरिनेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖