• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेपालीहरू बोकेको अमेरिकी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । अमेरिकी जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

चालक दलका सदस्यहरूसहित १४ जना सवार चार्टर्ड जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले सेतोपाटीलाई बताए ।

यो जहाजमा अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरू रहेको बताइएको छ। यसबारे विस्तृतमा जानकारी आइसकेको छैन।

डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका विभिन्न देशका मानिसहरूलाई निस्कासन गर्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖