• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् ।

प्रहरी उच्च स्रोतका अनुसार डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन ।

बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईले सबैलाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको बताए ।

‘नेपाल ल्याइएसँगै उहाँहरुलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।’

उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖