• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हातमा हतकडी र खुट्टामा नेल लगाएर अमेरिकाबाट फर्काइएका नेपाली भन्छन् –’ट्रम्प गएपछि फेरि जान्छौं !’


  • धनकुटा खबर
  • .

काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार बुधवार नेपाल फर्काइएकाहरू डोटी, दाङ र रुकुमका युवा-युवतीहरू छन्र ।

उनीहरूको हातमा हतकडी अनि खुट्टामा नेल लगाएर नेपाल ल्याइएको हो।

अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयता यसरी नै ३५ नेपाली नागरिक अमेरिकाबाट निष्कासित भइसकेका छन्।

ब्युरोका एक अधिकारीका अनुसार उनीहरूले ट्रम्पकाे कार्यकाल सकिएपछि फेरि अमेरिका जाने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖