• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ओलीलाई प्रश्न गर्दा संसदको कार्ड खोसिएका प्रकाशका बुवाले छाडिदिए एमाले उपसचिवको पद


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका कारणले नै संसद सचिवालयको परिचयपत्र खोसिएका ‘सुनौलो नेपाल’का प्रकाश वलीका बुवाले एमालेको गाउँपालिका उपसचिवको पद परित्याग गरेका छन्।

एमाले दाङ शान्तिनगर गाउपालिका उपसचिव रहेका खेमबहादुर वलीले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

उनले ‘लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता, माधव अधिकार, सामाजिक न्यायमा विश्वास गर्ने साधारण किसान’ भएको लेखेका छन्।

यहि क्रममा उनले भनेका छन्,‘हाल नेपाल कम्युनिस्ट पार्टी एमाले शान्तिनगर उपसचिव पनि हुँ। अब उप्रान्त आजैदेखि साधारण सदस्य समेत नरहनेगरी परित्याग गरेको घोषणा गर्दछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖