• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुलेको छैन ।

साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖