• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चन्द्रागिरिमा भीषण आगलागी, के छ पछिल्लो अपडेट?


  • धनकुटा खबर
  • .

काठमाडौंको चन्द्रागिरि–१० बोसीगाउँमा गएराति १स्२० बजेबाट भीषण आगलागी भएको छ। हिराकाजी महर्जनको जग्गा भाडामा लिएर रमेश पोदारले सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगो लागेको हो।

७ वटा दमकल र १५ वटा पानी ट्याङ्कर प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ। हालसम्म ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ भने बाँकी निभाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ।

चन्द्रागिरि नगरपालिकासहित काठमाडौं, ललितपुर, भक्तपुर र बुढानीलकण्ठका दमकल आगो नियन्त्रणमा खटिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖