• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजाको स्वागतमा फोहर गरेपछि काठमाडौं महानगरले गर्‍यो राप्रपालाई एकलाख जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं : काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। महानगरले आइतबार साँझ पार्टीलाई पत्र काटेको हो।

आइतबार आयोजित कार्यक्रमका क्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै महानगरपालिकाले पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

कार्यक्रममा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरुवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले काटेको पत्रमा उल्लेख छ।

महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ।

पोखराबाट आइतबार त्रिभुवन विमानस्थल आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको राप्रपा सहितले स्वागत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖