• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

धनगढीमा इन्स्पेक्टर खड्काले आफ्नो अँगहरु छोएको मेयरपुत्री आरजुको आरोप


  • धनकुटा खबर
  • .

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका गोपाल हमाल गोपीकी छोरी आरजु हमालले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी छन्।

पत्रकारसमेत रहेकी हमालले प्रहरीविरुद्ध उजुरी दिएकी हुन्। उनले समाचार संकलनको क्रममा आफूलाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेकमा उजुरी दिएकी छन्।

हिजो फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेको कार्यक्रममा बाहिर कैलाली प्रहरीका मुद्दा शाखा इन्चार्जसमेत रहेका इन्स्पेक्टर दर्शन खड्का लगायतले आफूमाथि दुर्ववहार गरेको हमालको आरोप छ। यद्यपि प्रहरीले भने सो कुरालाई हुलमुलको सामान्य विवादलाई उछालिएको बताएको छ।

तथापि हमालले भने आफूलाई अस्वभाविक हिसाबले प्रहरीले विभिन्न अंगहरुमा छोएर अभद्र व्यवहार गरेको दाबी गरेकी छन्।

महिला पत्रकारलाई कार्यक्रममा समाचार सङ्कलन गर्दा पुरुष प्रहरीले दुर्व्यवहार गरेकोले कारबाही हुनुपर्ने उनको जोड छ।आइतवार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेकी हमालका बुवाको आफ्नै मिडिया छ।-महेम्द्रनगर पोष्टबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖